प्रियंकाको सहयोग पछि मोदीले ब्यक्त गरे आभार

Mero Film

पुरा विश्व यतिबेला कोरोना भाइरस संग जुधिरहेको छ । बलिवुडका धेरै फिल्मकर्मीहरुले यस महामारीबाट प्रभावितहरुलाई सहयोग पनि गरिरहेका छन् । यहि क्रममा बलिउड हुँदै अन्तरराष्ट्रिय स्तरमै ख्याति कमाएकी अभिनेत्री प्रियंका चोपडाले पनि पिएम केयर्स फन्डमा आर्थिक सहयोग गरेकी थिईन् । त्यसलगत्तै प्रियंका र प्रधानमन्त्री नरेन्द्र मोदी बीच ट्वीटरमा भएको कुराकानीले सबैको ध्यान तानेको छ ।

प्रियंका चोपडाले पिएम केयर्स फन्डमा आर्थिक सहयोग गरेपछि प्रधानमन्त्री मोदीले उनलाई धन्यबाद दिदै भनेका छन् – ‘व्यक्ति, संस्था, प्रोफेसनलहरु, नामुद व्यक्तिहरु सबैजना भारतको स्वस्थ भविष्यको लागि पिएम केयर्स फन्डमा सहयोग गरिरहेका छन्, धन्यबाद प्रियंका चोपडा’ । उक्त ट्वीटको जवाफमा प्रियंकाले पनि धन्यबाद भन्दै अहिले सम्म सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेकी छिन् ।


Leave a Reply

Your email address will not be published.