फिल्म प्राविधिकलाई पूजाको २लाख बराबर सहयोग

Mero Film

नायिका पूजा शर्माले फिल्म प्राविधिकलाई सहयोग गर्ने भएकी छन् । उनले सामाजिक संजालमा पोष्ट गर्दै २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी हुन् ।

कोभिड १९ अर्थात कोरोना भाइरसको कारण नेपालमा लकडाउन छ । यो अवस्थामा आर्थिक अभावका कारण खान नै समस्या आएको कारण फिल्म प्राविधिकलाई सहयोग गर्न थालिएको हो । विभिन्न कलाकार संगसंगै पूजाको समेत सहयोगीको सुचीमा नाम थपिएको हो । साथै उनले घरमै बसेर सुरक्षित रहन सम्पूर्णमा आग्रह गरेकी छन् । उनले भिडियो कल गरेर समय बिताउदै गरेका स्टोरी सामाजिक संजालमा देख्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published.