बिनोद चौधरीको स्वरमा मेडली शैलीको गीत सार्बजनिक

Mero Film

प्रसिद्ध ब्यापारी बिनोद चौधरीको स्वरमा मेडली शैलीको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनले ‘असारे महिनामा’ गएका छन् भने सिमोन र गार्फुन्केल ले ‘एल कोंडोर पासा’ गएका छन् । गीत सार्बजनिक गर्दै उनले यो गीत आफु टर्कीमा हुँदा रेकर्ड गरिएको बताएका छन् । उनका अनुसार प्रख्यात संगीतकार पौल डयरले उनलाई गीत रेकर्ड गर्न प्रेरित गरेका थिए ।

भिडियो शुरु हुनु अगाडी लगभग पुरा विश्वनै अहिले लकडाउनमा रहेको र कोरोनाले ठुलो संकट उत्पन्न गरिरहेको भन्दै उनले अहिले लकडाउनको समय जीवनलाई फरक तरिकाले हेर्ने अवसर हो भनेका छन् । त्यस्तै उनले आफुले ४० बर्ष अघिनै गीतहरु रेकर्ड गरेका पनि सम्झना गरेका छन् ।

चौधरीले ३५-४० वर्ष अघिनै रेडियो नेपालमा स्वर परिक्षा पास गरेको संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिएका छन् । चौधरीले ‘माया जिन्दगीको’, ‘एकै नजरमा माया बस्यो है’, ‘एउटा निभ्न लागेको बत्तिको प्रकाश’ जस्ता गीतहरु रेकर्ड गराएका छन् ।


Leave a Reply

Your email address will not be published.