प्रसिद्ध अमेरिकी गायक तथा गीतकार जोन प्राइनको निधन

अमेरिकाका प्रसिद्ध गायक तथा गीतकार जोन प्राइनको निधन भएको छ । कोरोना भाइरसको संक्रमणका कारण ७३ बर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । बिरामी भएपछि केहि हप्ता अघि उनि हस्पिटल भर्ना भएका थिए र शनिबार राति देखि उनलाई भेन्टीलेटरमा राखिएको थियो ।

संगीतमै ५० बर्षे बिताएका प्राइनको १३ बर्षको अन्तराल पछि सन् २०१८ मा आएको एल्बम ‘द ट्री अफ फरगिभनेस’ का कारण उनि अझ धेरै चर्चामा आएका थिए । जनवरीमा उनले ‘लाइफ टाइम अचिभमेन्ट ग्रामि अवार्ड’ पनि पाएका थिए । पछिल्लो समय उनले विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुतिहरु दिईरहेका थिए ।

उनकी पत्नी तथा म्यानेजर फियोना व्हीलान प्राइनमा पनि भाइरसको संक्रमण देखिएको थियो तर पछि उनि निको भैसकेकी छिन् ।