यी हुन् बलिवुडका लामा गीतहरु

बलिउड फिल्महरुको अभिन्न अंगको रुपमा गीत संगीत पनि पर्ने गर्दछ । संसारभरनै बलिउड भन्ना साथ गीतहरु भएका फिल्मको कल्पना गरिन्छ । र फिल्म निर्माण टिमले पनि गीतको लागि बिशेष मिहिनेत र खर्च गर्ने गरेका छन् ।

प्राय गीतहरुको लम्बाई ४ मिनेटको वरिपरि हुने गर्दछ । तर आज हामी बलिउड फिल्मका केहि लामा गीतहरु बारे चर्चा गर्नेछौ –

अब तुम्हारे हवाले वतन साथियों
सन् २००४ मा रिलिज भएको फिल्म ‘अब तुम्हारे हवाले वतन साथियों’ को यो टाइटल गीत बलिउडको अहिले सम्मकै लामो गीत हो । यसको लम्बाई करिब १५ मिनेट रहेको छ गीत दुइ भागमा रिलिज भएको थियो । अनिल शर्माले निर्देशन गरेको यो फिल्ममा अमिताभ बच्चन, बबी देओल, अक्षय कुमार, दिब्य खोसला लगायतको अभिनय रहेको छ । फिल्मका गीतहरुमा अनु मालिकको संगीत रहेको छ ।

मैं कहीं भी रहूं
फिल्म ‘एलओसी कारगिल’ को ‘मैं कहीं भी रहूं’ बोलको गीत १२  मिनेट ५२ सेकेन्ड लामो छ । यो गीत अत्यन्त चर्चित पनि भएको थियो । फिल्ममा बलिउडका प्रख्यात कलाकारहरु संजय दत्त, अजय देवगन, सैफ अलि खान, सुनील शेट्टी, संजय कपुर, रानी मुखर्जी, करिना कपुर, अभिषेक बच्चन, अक्षय खन्ना, नागार्जुन, आशुतोष राणा लगायतले अभिनय गरेका थिए । त्यसैगरी फिल्ममा सेनाका १००० जवानहरुले पनि अभिनय गरेका थिए । जेपी दत्ताले निर्देशन गएको ‘एलओसी कारगिल’ को सेट र लोकेसन भब्य थियो । फिल्ममा अनु मालिकले संगीत दिएका थिए ।

सुनो जी दुल्हन
सन् १९९९ को फिल्म ‘हम साथ-साथ हैं’ को ‘सुनो जी दुल्हन’ बोलको गीत १२ मिनेट ११ सेकेन्ड लामो छ । सुरज बार्जत्याले निर्देशन गरेको यो पारिवारिक फिल्ममा सलमान खान, सैफ अलि खान, तबू, मोहनिश बेल, सोनाली बेंद्रे, करिश्मा कपुर लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा रामलक्ष्मणको संगीत रहेको छ ।

संदेशे आते हे
बोर्डर फिल्मको ‘संदेशे आते हे’ बोलको गीत अहिले पनि दर्शकहरुको मन मा बसिरहेको छ । यो गीत १० मिनेट १९ सेकेन्ड लामो छ । फिल्ममा अनु मालिकको संगीत रहेको छ । सन् १९९७ मा प्रदर्शन भएको फिल्मलाई जेपी दत्ताले निर्देशन गरेका थिए । फिल्म सन् १९७१ को भारत-पाकिस्तान युद्धमा आधारित रहेको छ ।

सोणी सोणी अखियों वाली
शाहरुख खान, अमिताभ बच्चन र ऐश्वर्या राय मुख्य भूमिकामा रहेको फिल्म ‘मोहब्बतें’ को ‘सोणी सोणी अखियों वाली’ गीत ९ मिनेट ११ सेकेन्ड लामो रहेको छ । २० बर्ष अघि प्रदर्शन भएको फिल्ममा ६ जना नयाँ कलाकारहरुले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।यश राज फिल्म्सको ब्यानरमा बनेको यो सुपरहिट लभस्टोरी फिल्मका निर्देशक आदित्य चोपडा हुन् । जतिन-ललितले फिल्ममा संगीत दिएका थिए ।

(स्रोत : जीन्युज)