विवाहको कार्ड लिएर जाँदा ज्यान गुमाउने युवतीको कथामा ‘शृंगार’

केही समय अघि आफ्नै विवाहको निम्तो बाँड्न जाँदा एक युवतीले सडक दुर्घटनामा ज्यान गुमाईन् ।  यही सत्य घटनामा आधारित भएर एक गीत सार्वजनिक भएको छ । ‘शृंगार’ बोलको गीतमा सुवास पुरीको स्वर, प्रभा भुर्तेलको शब्द र थानेश्वर गौतमको संगीत रहेको छ । बिष्णु अधिकारीले संगीत संयोजन गरेका छन् । भिडियोमा महेश आचार्यको मेकअप, सुमन कार्कीको छायांकन र प्रथम छेत्रीको निर्देशन रहेको छ ।