जन्मदिनमा अल्लू अर्जुनले सार्बजनिक गरे ‘पुष्पा’ को फर्स्ट लुक

लकडाउनका बीच तेलुगु सुपरस्टार अल्लू अर्जुनले बुधवार आफ्नो जन्मदिन मनाएका छन् । ३७औं वर्षमा प्रवेश गरेका उनले जन्मदिनको अवसरमा आफ्नो नयाँ फिल्म ‘पुष्पा’ को फर्स्ट लुक सार्वजनिक गरेका छन् ।

‘पुष्पा’ लाई सुकुमारले निर्देशक गर्दैछन् । ‘आर्या’ र ‘आर्या -२’ पछी सुकुमारसँग अल्लू अर्जुनको यो तेस्रो सहकार्य हो । ‘पुष्पा’ लाई तेलुगु, तमिल, कन्नडा, मलायलम र हिन्दि गरेर पाँच भाषामा रिलिज गरिने छ ।फिल्ममा ‘डियर कमरेड’ अभिनेत्री रष्मिका मन्डना पनि मुख्य भूमिकामा देखिने छिन् ।

सन् १९८३ अप्रिल ८ मा जन्मिएका उनी चेन्नईका बासिन्दा हुन् । फिल्म निर्माता अल्लू अरविन्दका छोरा अल्लू अर्जुन एक कुशल अभिनेतासँगै सानदार डान्सर पनि हुन् । हरेक प्रकारका भूमिकालाई जीवन्त ढंगबाट प्रस्तुत गर्न सक्ने अभिनेता अल्लू अर्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा सन् १९८५ मा आएको फिल्म ‘विजथा’ बाट गरेका थिए । उनले सन् २००३ मा प्रदर्शनमा आएको फिल्म ‘गंगोत्री’ बाट लिड अभिनेताको रुपमा डेब्यू गरेका थिए ।

सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका अर्जुनका दुई सन्तान छन् ।