अनु मलिकले बनाए कोरोना सम्बन्धि गीत

भारतीय गायक तथा संगीतकार अनु मलिकले कोरोना सम्बन्धि गीत बनाएका छन् । उनले कोरोनाको कारण लकडाउनमा घरमै बसिरहेकाहरुको मनोरंजनको लागि आफुले यो गीत ल्याएको बताएका छन् । गीतको बोल ‘हैप्पी हैप्पी रहने का प्लीज डॉन्ट वरी’ रहेको छ र गीत मार्फत उनले हार नमान्न र लडीरहन भनेका छन् ।


उनले आफु घरमै बसिरहेको बेला अचानक गीतको लाइन आफ्नो दिमागमा आएको बताए ।