फेरी स्क्रिप्ट लेख्दै ‘शोले’ का लेखक सलिम खान

प्रसिद्ध भारतीय फिल्म लेखक सलिम खानले लकडाउनको समय सदुपयोग गर्दै फेरी स्क्रिप्ट लेख्न शुरु गरेका छन् ।

अभिनेता सलमान खानका पिता सलिमले भने – “म केहि लेखिरहेको छु, र यदि समय र परिस्थितिले साथ दियो भने अझ धेरै लेख्छु । हर समय घरमै बसिरहँदा मेरो दिमागमा धेरै विचारहरु आइरहन्छ” । उनले अगाडी भने – “अहिलेनै कुनै पनि आइडिया कन्फर्म गर्न्नु अलिक छिटो हुन्छ, तर यतिबेला फेरी लेख्न शुरु गर्न म इच्छुक छु” ।

दुई बर्ष अगाडी उनलाई तपाईले स्क्रिप्ट लेख्न किन कम गर्नुभयो भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए – “जब म स्क्रिप्ट लेख्थें र निर्मातालाई भेट्थे निर्माताहरु ‘यदि यो स्क्रिप्ट राम्रो छ भने सलमानले यो फिल्म किन नगरेको त ?’ भन्ने प्रश्न गर्थे, तर अब देखि म यस्तो झमेलामा पर्न चाहन्न” ।

भारतमा फिल्म लेखनको लागि सलिम खान र जावेद अख्तरको जोडी चर्चित मानिन्छ उनीहरुको जोडी भारतीय फिल्म इतिहासकै सबैभन्दा सफल लेखकको जोडी हो । उनिहरुले लेखेका ‘शोले’, ‘डन’, ‘दिवार’, ‘जन्जिर’ लगायतका करिब २० फिल्महरु हिट रहेका छन् । सलिम-जावेद जोडीले ६ वटा फिल्म अवार्ड पाएको छ भने सलिम खानले सन् २०१४ मा पद्मश्री अवार्ड पनि पाएका छन् । सन् १९८२ मा सलिम-जावेद को जोडी टुक्रिए पछि स्क्रिप्ट लेखनमा दुवैको सक्रियता कम भएको थियो ।