अभिषेकको स्केचमा ‘केकी अनि कला’

समय: लक डाउन
स्थान: दमक
छेउमा: सिसाकलम, पेपर, एक्रोलिक र क्यानभास
इच्छा: मन परेको पेन्टिङ, स्केच

सिसाकलमको मद्दतले सेतो पेपरमा भर्खरै स्केच तयारी गरिरहेका छन् उनी। कपाल, नाक अनि हसिँलो ओठ देखियो । स्केच गर्दा गर्दै हल्का अनुहारको आकृति दुरुस्तै देखियो । बल्ल चिनियो । ए ! यो त नेपाली फिल्मकी नायिका केकी अधिकारीको रहेछ ! छेउमै अर्को काजगमा कवि धनकुटेली कान्छाको स्केच पनि तयारी गरिसकेका छन् ।

लकडाउनको बेला चित्रकार, ग्राफिक डिजाइनर तथा स्टोरी कन्सेप्ट राइटर अभिषेक कुमार दास फुर्सदमा आफूलाई मन लागेका यस्तै कामहरु गर्दै समय बिताइरहेका छन् । उनी भन्छन्, “नेपाली फिल्म जगतमा बौद्धिक र राम्री नायिका केकी अधिकारी मलाई खुब मन पर्छ । त्यसैले उहाँको तस्बिरको स्केच बनाइरहेको छु” ।

खासमा उनी मोशन एक्ट इन्टेरियर डिजाइन स्टुडियोका क्रिएटिभ डिरेक्टर हुन् । लकडाउनले उनको काममा पनि असर गरेको छ । उनले चाहेको र खोजेको क्यानभास पाएका छैनन् भने रङगहरु पनि पाएका छैनन् । उनी भन्छन्, “अहिलेको बन्दाबन्दीमा क्यानभास लिन काठमाडौंमै जानुपर्छ । तर त्यहाँ त झन लकडाउन छ । कसरी जाने ? बचेको क्यानभासमा आफूलाई मन परेको चित्र बनाउँदै आएको छु । नभए पेन्सिलले सेतो पेपरमै पनि बनाएको छु, समय सदुपयोगका लागि” ।
उनले एक्रोलिक क्यानभासमा घोडाको चित्र समेत बनाएका छन् । यो उनले बचत भएको रङ र क्यानभासमा आफ्नो कला निखारेको हो । 

यस्तै लकडाउनको समयलाई सदुपयोग गर्दै उनले आफूले अध्ययन गरेको ललितकला क्याम्पसका प्रिन्सिपल विपिन घिमिरेको चित्र बनाएका छन्, उपहार दिनका लागि । उनी भन्छन्, “मैले सरलाई बर्थडे गिफ्टका लागि उहाँको फेसबुक प्रोफाइलबाट तस्बिर झिकेर स्केच तयार गरें । जन्मदिनको उपहारमा दिने सोच बनाएको छु” ।
यसका साथै अभिषेक र उनको श्रीमतीले साँझमा खाना पकाएर वालआश्रम वा वरीपरी भोकै रहेका बालबालिकालाई खाना खुवाउँदै आएको पनि बताए । उनले भने, कहिलेकाही “साँझमा यहाँ रहेका बालबालिकाहरुलाई खाना खुवाउँन जाने गरेको छु ।’





सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

हीरा लामाको दलदल सार्वजनिक

यशोधरा उपन्यासः पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

प्रतिक्रिया