कोरोनाबारे पहिलो फिल्म तयार

कोरोना भाइरसको कारणले लाखौ मानिसहरु प्रभावित भइसकेकाछन्। यहीबीच कोरोना सम्बन्धि पहिलो फिल्म तयार भएको छ। क्यानाडेली निर्देशक मुस्तफा केशवारीले बनाएको फिल्मको नाम ‘कोरोना: फियर इज अ भाइरस’ रहेको छ।

निर्देशकका अनुसार भाइरस विश्वभर नफैलिदै उनले फिल्म बनाएका थिए। फिल्मको कथाबारे जनवरीको शुरुवातमा आफूलाई आइडिया आएको र मध्ये फेब्रुअरीमा छायांकन सकिएको उनले बताए ।

शहरमा कोरोना फैलिसकेपछि लिफ्टमा फसेका ७ जनाको कथामा फिल्म आधारित रहेको छ। लिफ्टमा भएकामध्ये एक महिलाले खोक्न थालेपछि अन्य सबैजनामा त्रास उत्पन्न हुन्छ। अप्रिलको अन्त्यसम्ममा स्ट्रिमिङ्ग माध्यमबाट फिल्म रिलिज गरिनेछ।