‘प्रेम गीत ३’ टिमको रक्तदान , ३० पिन्ट रगत संकलन

फिल्म प्रेम गीत ३ टिमले मास्क वितरण पछि रगत दान गरेको छ । टिमका करिव ४०जनाको सहभागितामा अन्य बिरामीलाई अत्यावस्यक रहने रगत दिएका हुन् । चर्चाको लागि भन्दा पनि सहयोगको भावनाले रेडक्रससंगको सहकार्यमा ग्रिन सिटी अस्पतालको सहायोगमा उनीहरुले यो कदम उठाएका छन् ।लकडाउनको बेला चलचित्र प्रेमगीत ३ युनिटले ३० पिन्ट रगत संकलन गरेको छ।
फिल्मका मुख्य कलाकार प्रदीप खड्काले जीवन मै पहिलो पटक रगतदान गरेका छन् । रक्तचापको समस्याका कारण उनले अहिले सम्म यस प्रकारको सहयोग गर्न सकेका रहेनछन् । उनले कोरोनाको विषयमा सकारात्मक केही नभएको बताएका छन् । उनले घुमाएर पैसा भन्दा रगत ठुलो भएकोले यो कदममा साथ दिएको बताएका छन् । उनले मानसिक स्वास्थ्यमा परेको असरको विषयमा समत आवाज उठाएका छन् । उनले उक्त कार्यक्रम समय भर आएका व्यक्तिहरुको ज्वरो नापेर सहयोग गरे ।
गीत अर्थात क्रिस्टिना गुरुङले भने रगत दिन पाईनन् । उनको ब्लडप्रेसर कम भएको कारण रगत दान गर्न नपाएकी हुन् । तर उनले आउने व्यक्तिहरुको फर्म भर्ने काम गर्दै सहायो गरेकी छन् ।
८,९ पटक रगतदान गरेका सन्तोष सेनले कोरोनासंगै अन्य बिरामीलाई ध्यानमा राख्दै यो कार्यक्रम आयोजना गरेको बताएका छन् । साथै यस पछि प्रसासनसंग समन्वय गरेर राहत वितरणको योजना रहेको बताउछन् ।
पहिलो पटक नै रक्तदान गरेकी गायिका प्रविशा अधिकारीले प्रेम गीत ३ टिमलाई आभार ब्यक्त गरिन् । घरमा बसेर खाना बनाउदै, वर्कआउट गर्दै सरसफाई गरेर समय बिताउन सकिने उनले पहिलो केही दिन भने कस्टका साथ बिताएकी थिइन् रे । घरको गेट सम्म नपुगेकी उनी पुण्य कामको लागि बाहिर निस्किएको बताईन् । अर्का कलाकार मनिष राउतले समेत पुण्य काम गर्न पाएकोमा खुसि ब्यक्त गरे ।
त्यस्तै प्रताप दासको समेत पहिलो पटक थियो यो क्षण । बिपतको समयमा संयम रहन दासले आग्रह गरे । टीमले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै ‘प्रेमगीत–३’ टिमले यसअघि ११ हजार मास्क वितरण गरेको थियो।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया