लकडाउनमा फिल्म हेर्दै निर्माताहरु

लकडाउनमा नेपाली फिल्म निर्माताहरु धेरै समय फिल्महरु हेरेरै बिताइरहेका छन् । हामीले नेपाली फिल्म उद्योगका केही निर्माताहरु मध्ये केहिसँग कुराकानी गरेका थियौ ।

माधव वाग्ले
‘लुट’ निर्माता माधब वाग्लेले लकडाउन आफुलाई फिल्म हेर्नकै लागि भएको जस्तो ठानेका छन् । उनि भन्छन् – “यो टाईममा दिनभर फिल्म, सिरिज हेर्दै टाईम पास भईरहेको छ । म अल्ली बढीनै फिल्म हेर्ने बानीको मान्छे हुँ । स-साना बजेटको फिल्महरु खोज्दै छु । अब हाम्रो तिर पनि यस्तै खालको बनाउनु पर्छ । मेकर भएकोले मेकिङमा अल्ली बढी नजर जान्छ । म अल्ली इन्टरफेअर गर्ने निर्माता हो, अल्ली रिसर्च त गर्न पर्यो नि ! सामान्य क्यारेक्टरलाई कसरी पर्दामा उतार्न सकिन्छ भन्नेमा ध्यान दिन्छु” ।

सुनिल कुमार थापा
निर्माता सुनिल कुमार थापाले झरना थापाकी हजुरआमाको निधन भएकोले अलिक समय उतै बिताइरहेको बताए । उनि बाँकी समय भने नेटफ्लिक्समा दिनको २ वटा फिल्म हेर्दै बिताईरहेका छन् । उनि भन्छन् – “पहिला खासै धेरै फिल्म हेर्दिनथें, अली अली हिन्दी फिल्म हेर्थें, अहिले ईंग्लिश फिल्महरु हेरीराछु । सानो सानो बिषयमा फिल्म बनाउन मन लागेको छ, मन लागेको खालको फिल्म बनाउनु पर्ने रहेछ । उनि अगाडी थप्छन् – “हामी पनि धेरै अगाडि बढेका रहेछौ तर ग्राफिक्स र थ्रीडीमा हामी पछाडि नै छौ । हामीले एनिमेसन फिल्म बनाउन अझै धेरै टाईम लाग्छ । यो समयले अबको फिल्म हेर्ने नजरमा अल्ली चेन्ज ल्यायो, हिन्दी सिरिजहरु पनि राम्रो लाग्न थाल्यो” ।

अर्जुन कुमार
‘चपली हाइट’ निर्माता भन्छन् – “म त्यती धेरै फिल्म हेर्ने मान्छे होइन, अस्ती २ वटा हेरें । मेरो नयाँ फिल्मको स्क्रीप्ट पढें, खासमा म निर्देशकको भिजन सुनेर लगानी गर्ने हो, निर्देशकलाई पूर्ण स्वतन्त्र रुपमा काम गर्न दिने मान्छे हुँ म” । उनले अगाडी भने – “म पढ्न खासै रुचाउदिन, फ्री भएकोले ‘बर्मजंगको भिडियो’ को स्क्रीप्ट पढें” । उनि अहिले पेन्डीङ कामहरुमा व्यस्त छन् ।

सन्तोष सेन
सन्तोष सेनले आफुले पहिले पहिले साथीहरुको सिफारिसमा फिल्महरु हेर्ने गरेको र अहिले भने दिनको २ वटा फिल्म रेगुलर हेरिरहेको बताए । उनले भने – “लकडाउनको अघिल्लो दिनमा फिल्मको वानलाइन घरमा ल्याएको थिएँ, त्यसैको पार्ट पार्टमा हेरीरहेको छु । कमी कम्जोरी र सुधार गर्नुपर्ने ठाउँहरु खोजीरहेको छु” । उनि बाँकी समय खाना पकाउने र करेसा बारीको काममा ब्यस्त हुन्छन् ।