घोडा सँगै घाँस खाँदै सलमान खान

बलिवुड अभिनेता सलमान खान लकडाउन पछि सामाजिक संजालमा सक्रिय देखिएका छन् । उनि यतिबेला पनवेल फार्महाउसमा बसिरहेका छन् र त्यहि बाट तस्विर तथा भिडियोहरु सामाजिक संजालमा पोष्ट गरिरहेका हुन्छन् ।

हालै उनले एक भिडियो पोष्ट गरेका थिए र भिडियो प्रसंशकहरु बीच निकै लोकप्रिय भएको छ । भिडियोमा सलमान घोडालाई हरियो घाँस खुवाईरहेका छन् भने आफु पनि घाँस खाइरहेका छन् । उनले भिडियोको क्याप्सनमा ‘ब्रेकफस्ट विद माइ लभ’ लेखेका छन् ।

View this post on Instagram

Breakfast with my love…

A post shared by Salman Khan (@beingsalmankhan) on

परिवारलाई भेट्नको लागि फार्महाउस गएको बेला लकडाउन घोषणा गरिएपछि उनि उतै फसेका थिए ।