लकडाउनमा पति संग भारतीको नयाँ शो – ‘हम तुम और क्वारेनटाईन’

भारतीय हाँस्य कलाकार भारती सिंहले लकडाउनको मौकामा पति संग मिलेर नयाँ शो ल्याएकी छिन् । उनले आफ्नो पति हर्षसंग मिलेर ‘हम तुम और क्वारेनटाईन’ नामको कमेडी शो ल्याउन लागेकी हुन् ।

उक्त शो कलर्स टिभीमा प्रसारण हुनेछ । यस कमेडी शो उनीहरु आफ्नै घरबाट संचालन गर्नेछन् । हालै सार्बजनिक गरिएको शो को प्रोमोमा उनीहरुले अफिले शो खिच्ने जानकारी पनि दिएका थिए ।

शोमा उनीहरु कसरि घरमा समय बिताइरहेका छन् भन्ने बारे कुराकानी गर्नेछन् भने शो मा कलर्स टिभीका अन्य स्टारहरुले पनि भाग लिनेछन् । शो सोमबार देखि शुक्रबार सम्म ८ बजे प्रसारण हुनेछ ।