शिल्पा पोख्रेल अभिनित भोजपुरी फिल्म ‘जय शम्भु’ टिजर

नायिका शिल्पा पोखरेलको भोजपुरी डेब्यु फिल्म ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ । टिजरमा भोजपुरी स्टार प्रदीप पाण्डे ‘चिन्टु’ मुख्य भूमिकामा देखिन्छन् । टिजरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको छ ।

प्रदर्शन मिति तय नभएको ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् । फिल्ममा रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ । फिल्ममा प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु राना लगायतका कलाकारको अभिनय छ ।