जनावर पशुपन्छीलाई खाना खुवाउदै बर्षा राउत

अभिनेत्री बर्षा राउतले लकडाउनका कारण खाना खान नपाएका जनवारलाई खान खुवाएकी छन् । आइतबार बिहान बर्षाले टेकु हुदै डम्पिङ साइटमा रहेका कुकुरलाई खान खुवाएकी हुन् । उनले इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भु, बुढानिलकण्ठ, नक्साल, कमलपोखरी लगायतका स्थानमा पुगेर पशुपंक्षी, बादर, कुकुर लगायत जनावरलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायत आहारा दिएकी थिइन् ।लकडाउनका कारण देश नै अस्तब्यस्त छ । यसको असर सडकमा रहेका तथा अन्य जनावर पशुपन्छीलाई आहारा अभाव भएको छ । यस अघि उनले फिल्म प्राविधिकलाई सहयोग गरेकी थिइन् ।
तस्विर : योगेन्द्र भुजेल