बेथिति बिरुद्ध दुर्गेश थापाको ‘माक्सर’ (भिडियो)

Mero Film

दुर्गेश थापाको फरक शैलीको गीत ‘माक्सर’ सार्वजनिक भएको छ  । तीन अन्तराको गीतमा पहिलो अन्तरा पुर्व प्रेमिकाको लागि, दोश्रो ठमेलको डनको लागि र तेश्रो अन्तरा नेताको लागि गाएको उनले बताएका छन्  । गीत मार्फत बिकृति माथि उनले प्रहार गरेका छन्  । गीतमा दुर्गेश कै स्वर, शब्द, संगीत रहेको छ  । संगीत संयोजन भने साहस शाक्यले गरेका हुन् । भिडियोमा शिव विकको निर्देशन, अरोन अशोक कुमारको छायांकन तथा मिलन बिश्वकर्माको सम्पादन रहेको छ  । दुर्गेशको साथमा भिडियोमा सोनीका रोकाया, जेम्स बिसी, विकाश लामिछाने लगायतको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published.