कोरोनाका कारण ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत

कोरोना भाइरसका कारण फिल्म ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत गरिएको छ । निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक प्रेस बिज्ञप्ती जारी गरि उक्त जानकारी दिएको हो ।

बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार आफूहरु तयार रहेको भए तापनि अहिलेको बिषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगीत गरिएको निर्देशक साकारले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
साकारले कोराना भाइरसबाट बच्नका लागि संयमता अप्नाउन सबैलाई आग्रह गर्दै सम्पूर्ण नेपालीमा नयाँ बर्ष २०७७ को शुभकामना दिएका छन् ।

बिज्ञप्तिमा लेखिएको छ – “यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं ।”

समसामयिक बिषयमा निर्माण गरिएको भनिएको ‘हिजो आजका कुरा’ मा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य लगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्म सन्दीप कृष्ण, साकार पन्त र निरन्जन पन्तले लेखेका हुन् । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै ७७ लाख पटक हेरिसकिएको छ ।