‘दानराज’ निर्माण तयारीमा शंकर अधिकारी ‘घायल’

Mero Film

बिजि बर्मा फिलिम्सको ब्यानरमा कला राईको प्रस्तुतीमा नया फिल्म बन्ने भएको छ । शंकर अधिकारी घायलको लेखन, निर्देशनमा सत्य घटनामा आधारित फिल्म ‘दानराज’ बन्ने भएको हो । हाल लेखन कार्य र कलाकार छनौट प्रक्रिया सुरु गरिएको छ ।

कलाकारको रुपमा दानराज चौलागाईं, रेश्मा घिमिरे, राजन महर्जन, सागर गुरु चौलागाईं, शत्रुघन अन्सारी र गंगा कुवरको छनौट गरिएको छ । बाकी कलाकरको छनौट हुन बाकी रहेको छ । दानराजमा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य, राजु लामाको संगीतमा नित्याशिवा, प्रताप दास, सानुमाया यादवको आवाज रह्ने छ । गीतको शब्द शंकर अधिकारी घायलको रहनेछ ।


Leave a Reply

Your email address will not be published.