नाइट ब्याण्डको ‘चोला एक पटक’ सार्बजनिक

जेसन कुँवरको रचना तथा संगीतमा नाइट ब्याण्डको ‘चोला एक पटक’ बोलको गीत सार्बजनिक गरिएको छ । गीत नाइट ब्याण्डको ‘रमिते – द म्युजिक, भोल्युम १’ एल्बममा संग्रहित रहेको छ ।

यस गीतमा अन्जन, सुगम, निरज, सुधिर, शिवा र जेसन कुँवरको स्वर रहेको छ । एल्बम ‘रमिते – द म्युजिक, भोल्युम १’ जेसन कुँवरको फिक्सनल नोवेल ‘रमिते – डाम’ माथि आधारित गीति एल्बम हो ।