कोरोनाको चपेटामा बलिउड फिल्म उद्योग, हिरोइनहरु गर्दैछिन घरको काम

एजेन्सी- एकातिर भारत कोरोना भाइरसको आंतकबाट गुज्रिरहेको छ भने अर्को तर्फ बलिउड फिल्म उद्योगमा ताला लागे जस्तै बन्दी छ। भारतभर फिल्म हलहरु बन्द अवस्थामा छन् भने फिल्मका निर्माता निर्देशक मात्रै नभइ फिल्मलाई चर्चति बनाउने अभिनेता तथा अभिनेत्रीहरु पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्नु परेको छ। अहिले बलिउड फिल्म यद्योग पुरै खालीपनबाट गुज्रिरहेको छ।

पछिल्लो समय विश्वभर कोरोना भाइरसले आतंक नफैलाउँदा बलिउडमा उत्सव छाइरहेको थियो। निर्माता निर्देशकहरु खुसियालीमा थिए। उनीहरुले आफ्नो आगामी नयाँ फिल्महरुको प्रदर्शन मिति तय गरिहरेका थिए भने फिल्महरु करोड क्लबमा प्रतिस्पर्धामा रहेका थिए।

यतिमात्रै नभइ सूर्यवंशीका निर्माताले बक्स अफिसमा धमाकेदार सुरुवाती कमाइ गर्नेमा ढुक्क थिए। किनकी भारतमा त्यतिबेला सकारी छुट्टि चलिरहेको थियो।तर, दुर्भाग्य भारतमा कोरोना भाइरसले आफ्नो धमाकेदार इन्ट्री मारेपछि बलिउडमा एकाएक लकडाउन सुरुभयो।  प्रधानम्नीत्त नरेन्द्र मोदीले २१ दिनको लकडाउनको घोषणा गरेसँगै सूर्यवंशी फिल्मलगायत प्रदर्शन हुने अरु फिल्मले पनि मार खेप्नु पर्यो।

यस्तै सन् १९८३ को क्रिकेट विश्वकपमा भारतको जीतमाथि कबीर खानको स्पोर्टस् ड्रामा ‘८३’को प्रदर्शन मिति अप्रिल १० तय गरिएको थियो। फिल्म ८३ मा रणवीर सिंह तथा दीपिका पादुकोण काम गरिहरेका छन्।

फिल्मको मिति किन सर्यो ?


एक यूट्युब च्यान फिल्म क्याम्पियनसँग कुरा गर्दै कबीर खानले भनेका छन्, ‘फिल्मको प्रदर्शन मिति सरेकोमा धेरै दु:खी छु।मैले यो फिल्म दुनियालाई देखाउन पाए भन्दै धेरै उत्साहित थिए।तर केही चीज पनि धेरै हुँदो रहेछ। आज पुरै दुनियाँ चकमन्न छ।अब यो अवसर धेरै पछि आउला जस्तो छ’

यस्तै लकडाउनो सुरुवातको समयमा हभिनेत्री कंगना रनोटले तमिलनाडु फिल्म ‘थलाइवी’को सुटिङ गरिहरेकी थिइन्।

बलिउड न्यूज पोर्टलसँग उनले भनेकी छिन्, ‘ म त्यहाँ ४५ दिनसम्म बस्ने थिए। तर त्यहाँ फेरि फिल्मको लागि भीड जुटाउने अनुमति पाइएन।हामीले सुटिङ रोक्यौ र म मुम्बइ फर्किए।’

कंगना रनौत

यसतै अभिनेत्री दिपिका पादुकोण भने लकडाउनलाई राम्रो मानेकी छिन्। किनकी उनी लकडाउन हुनु अगावै आफ्नो नयाँ फिल्म सुटिङको लागि श्रीलंका जाने तयारीमा थिइन्।

दीपिकाले एक अन्तर्वातमा भनेकी छिन्, ‘ सबैभन्दा राम्रो कुरा के हो भने म मुम्बइबाट निस्किनै लागेकी थिए। म कहाँ पनि फसेकी थिइन्। मलाई थाहा थियो की केही मानिसको फल्म सुटिङको केही दिन मात्र बाँकी थियो।’

त्यतिमात्र होइन दीपिका पादुकोण र कैट्रिना कैफजसेता नायिकालाई लकडाउनले खाना बनाउने, भाडा सफा गर्नेलगायत घरेलु काममा आफ्नो दिनचर्या बिताउने बनाइदियो। अर्कोतिर आलिया भट्ट र ऋतिक रोशन लगायत कलाकार नयाँ तरिकाले जिउन सिकिरहेका छन्। तर केही कलाकारको रबैया देखेर उनीहरुको आलोचना समेत भइरहेको छ।

 

View this post on Instagram

 

? +?=?? really makes u appreciate all the help we have at home #socialdistancing #staysafe #helpoutathome

A post shared by Katrina Kaif (@katrinakaif) on

यस्तै फिल्म निर्देशक फराह खानले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै भनेकी छिन्, ‘मैले धेरै साथीहरुको जथाभावी पोस्ट बन्द गर्न आग्रह गर्दछु। नत्र म अनफलो गरिदिन्छु।’

तर केही कलाकारहरुले भने आफ्नो सुझाव अरुलाइ थुपार्ने जिम्मेवारी उठाएका छन्। यता अक्षय कुमार तथा अनुष्का शर्माले प्रधानमन्त्री केयर फण्डका लागि पैसा दान गरेका छन्।

यद्यपि फिल्म उद्योगका निर्माता, निर्देशक, अभिनेता/अभिनेत्री, प्राविधिक लगायत मजदुरहरु फिल्म हल कहिले खुल्छ भन्ने आशाको दियो बालिरहेका छन्।