दूरदर्शनले शुरु गर्‍यो ‘द जंगल बुक’ को पुन: प्रसारण

भारतमा लकडाउन भएसँगै त्यहाँका सबै फिल्म तथा शोहरुकोको सुटिङ धमाधम रोकिए र त्यसैका कारण च्यानलहरुले आफ्ना चर्चित शोहरुलाई पुन: प्रसारण गर्न थालेका छन् ।

भारतको सरकारी सञ्चार माध्यम दूरदर्शनले ९० को दशकमा चर्चित भएका शो हरुको पुन: प्रसारण गरिरहँदा ‘रामायण’, ‘महाभारत’ पछि ‘द जंगल बुक’ लाई पनि पुन: प्रसारण गरिरहेको छ । उक्त शो बुधबार दिउँसोदेखि प्रसारण गरिएको छ ।

दूरदर्शनले ट्वीटरमार्फत मोगलीको फ्यानहरुलाई सुखद खबर दिएका हुन् । ट्विटरमा भनिएको छ, ‘डीडी नेशनलमा ईन्जोए गर्नुस् आफ्नो मन परेको शो ‘द जंगल बुक’ दिउँसो १ बजेबाट ।’


उक्त ओरिजिनल सिरिजको चर्चित गीत ‘जंगल जंगल बात चली है’ भने देखाइएन । उक्त शो को सुरुवात अर्को गीतबाट गरिएको छ त्यस्तै बगीरा तथा मोगलीको आवाज समेत डबिङमा परिवर्तन गरिएको छ । केहि फ्यानहरु भने यसबाट निराश भएका छन् र ट्विटरमा गुनासो गरेका छन् ।

एक फ्यानले दूरदर्शनलाई भनेका छन्, “यो नयाँ डब हो । ओरिजिनल गती जंगल जंगल बात चल्यो अनि हरायो पनि । शेर खानको आवाजमा नाना पाटेकर पनि हराए । धेरै निराश छु ।”

अर्का एक व्यक्तिले शो हेरेपछि लेखेका छन्, “म यसलाई हेर्न निक्कै उत्साहित थिए । यो कार्टुनको बारेमा मात्र होइन । यो शो लाई गीत र डबिङ गर्ने कलाकारहरुले निकै राम्रो बनाएका थिए । यो पुरै नयाँ डब हो । म यसलाई हेर्दिन ।”

तर यो शोको दूरदर्शनपछि साहारा वानमा पनि रिलिज गरिसकिएको छ । त्यसमा भने मोगली र बगीराको आवाज अलग्गै डबिङ गराइएको थियो ।