र्यापर बादशाहको १७ वर्ष पुरानो तस्विर, बसको छतमा यात्रा गर्दै

Mero Film

भारतीय सेलेब्रेटिहरु लकडाउनको समयमा सामाजिक संजालमा एकदमै सक्रिय रहेका छन् । धेरैले आफ्ना पुराना तस्विरहरु पनि पोष्ट गरिरहेका छन् हालै र्यापर बादशाहले आफ्नो १७ वर्ष पुरानो एक तस्विर पोष्ट गरेका छन् र तस्विरमा उनलाई चिन्न मुस्किल पर्छ ।

उक्त तस्विरमा उनि बसको छतमा छन्, उनिसंगै उनका साथी पनि देखिन्छन् । तस्विरमा उनि निकै दुब्लो देखिएका छन् । उनले तस्विरको क्याप्सनमा तस्विर आफ्नो साथी सँग स्पिती उपत्यकाको यात्राको क्रममा लिईएको लेखेका छन् । उनका अनुसार बस भित्र सिट नपाएपछी कन्डक्टरको सल्लाहमा उनीहरु छतमा यात्रा गरेका थिए । उनले क्याप्सनको अन्त्यमा आफुले कसैलाई पनि छतमा बसेर यात्रा नगर्न भनेका छन् ।


Leave a Reply

Your email address will not be published.