‘बाहुबली’ निर्देशकको फिल्ममा महेश बाबु खेल्ने

चर्चित दक्षिण भारतीय अभिनेता महेश बाबु ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको आगामी फिल्ममा खेल्ने भएका छन् । राजामौली यतिबेला फिल्म ‘आरआरआर’ मा ब्यस्त छन् । ‘आरआरआर’ रिलिज भएपछि महेश बाबु संगको फिल्मको काम शुरु हुने बताइएको छ । फिल्मलाई केएल नारायणले निर्माण गर्नेछन् । खबरहरुका अनुसार फिल्मको स्क्रिप्टको काम पनि ‘आरआरआर’ को रिलिज पछि मात्र शुरु गरिनेछ ।
स्रोतका अनुसार राजामौली र महेश बाबुले धेरै अघि देखिनै संगै काम गर्ने बारे कुराकानी गरिरहेका थिए । केहि अन्तर्वार्ताहरुमा महेश बाबुले राजामौली संग काम गर्ने आफ्नो चाहना बारे बोलेका थिए ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया