“दोहोरिएको ५ किलो चामल नेपालीकै पेटमा पर्छ” – करिश्मा मानन्धर

लकडाउनका कारण नेपालमा दैनिक ज्यालादारीमा काम गर्ने कामदार ठुलो संख्यामा समस्यामा परेका छन् । आफ्नो हैसियतले भ्याए सम्म सेवा गर्ने भन्दै केही दिन यता नायिका करिश्मा मानन्धर राहत वितरणमा थिइन् ।  उनले आबश्यक व्यक्तिले सम्पर्क गर्दै घर सम्मै आएर राहत लिन आग्रह गरेकी थिइन् । यहि बिषयमा समस्या नआओस भन्दै उनले स्थानीय सरकारसंग समन्वयको अपेक्षा गरिन् । तर प्रतिनिधिको जवाफ भने उनको सोच बिपरित आयो । यहि बिषयलाई समेटेर उनले एक पोष्ट सार्वजनिक गरेकी छन् ।

हेरौ उनको पोष्ट :

गत ३ दिन देखि , दैनिक काम गरेर गुजारा चलाउनु हुने काम बिहिन र उपत्यका बाहिरका केही दाजुभाइ, दिदिबहिनीहरुलाई केही सहयोग गर्ने प्रयास गरिरहेको थिएं , वाहाँहरु आउने क्रम अलि बाक्लिए पछि सोचे, स्थानीय सरकारको समयन्त्रलाइ जानकारी गर्नुपर्छ भनेर !

वडा अध्यक्ष ज्युलाई बिनोदजीले फोनमा जानकारी दिनुभयो साथै वाहाँको सुझाव पनि लिनुभयो अध्यक्षज्युको भनाइम ,बाड्नुस कुनै आपत्ति भएन तर सरकारबाट राहत वितरण भैसक्यो दोहोरो पर्ला लिस्ट बनाउनु होला भन्नू भयो ! र वितरण गर्नुपरे सरकारको प्रतिनिधि राखेर गर्नु राम्रो ! एकद्वार प्रणालीको पालना गरु भन्नुभयो , वाहाँ क कुरा पनि ठिक हो ।

यस्तो कार्य जनताको अमुल्य भोटले बनाएको सरकारले नै गर्ने हो ।

गरिरहेको छ यस्मा दोस्रो कुरै भएन !

तर यो संक्रमणसंग बच्न लकडाउन कडाइका साथ पालना गर्न जरुरी छ, तर भोको पेट्का कारण मानिसहरु घर जान लामो दुरि पार गर्ने क्रममा बाटो भरी छन् , अस्वस्थ्य जीवन बिताइरहेका छन् ,उनीहरुलाई घरभित्र बस्न पुग्ने गाँसको व्यवस्था गरिदिनु पर्यो सरकारले, ताकी लकडाउन कडाइका साथ पालना होस र संक्रमण नफैलियोस ।

वडाँ अध्यक्ष ज्युलाई म के पनि जानकारी गराउन चाहान्छु भने हामीले वितरण कुनै ठूलो पैमानामा गरेको होइनौं ! हामीले त यो वडाँको लिस्टमा नभएका, मजदुर, जो याहाँ अड्किनु भयेको छ, उपत्यका बाहिरका नागरिकलाई चिनारी हेरेर वितरण गरेका छौ ।

वाहाँहरु हजुरहरुको लिस्टबाट बन्चित हुनुहुन्छ भनेर कसरी थाहाँ भयो भने ,मेरो घरको स्टाफहरु कोहि नेपालगन्जको हुनुहुन्छ कोहि नारायणघाटको र कोहि अन्य ठाउँको !

ल ठिँक छ वाहाँहरुलाई त डेलि बेसमा काम गर्नुहुन्न राहत चाहिदैन, तर के हजुरहरुको राहत लिस्टमा वाहाँहरुको नाम छ त ?

मेरा नातेदारहरु यहि ३ वडाँ मा डेरामा बस्नुहुन्छ वाहाँहरुलाई पनि राहत चाहिदैन, तर के हजुरहरुको लिस्ट्मा वाहाँहरुको नाम छ त ?

तर वाहाँहरु पनि यहि लकडाउनमा हुनुहुन्छ ।

के फरक पर्छ त यदि डबल राहत नै परे पनि ! पाँच किलो बढी चामल नेपाली कै पेटमा पर्छ !

हामी स्थानीय बासिन्दाको त छिमेकीसंग सरसापटी चल्छहोला,

यो अवस्थामा ती डेराबाल मजदुरको चुलो दिनहुँ कसरी बल्छ होला ?

जनप्रतिनिधि पनि बोलाउनु हुन्थ्यो दिने बेलामा, तर केही बिहान लिन आउनु हुन्छ कोहि बेलुकी ! हुल जम्मा गरेर बाडेँको होइन, कति जनप्रतिनिधिलाई दुख दिउ !!!

म यो देशको नियम कानुन मान्ने नागरिक हु । म बाट कुनै अराजकता हुनेछैन । ढुक्क हुनुहोस म यो राष्ट्रको कलाकार चेलि हु त्यो कसरी भुल्न सक्छु !

यो भनाइलाई अन्यथा नलिदिनु होला र एउटा नेपालीको द्वारबाट अर्को नेपालीको द्वार पुगेकोले एक द्वार नै सोचिदिनु होला !

सबै मिलि लकडाउनलाई पालना गर्दै यो संक्रमण माथि जित प्राप्त गरु ।

धन्यवाद ।

गत ३ दिन देखि , दैनिक काम गरेर गुजारा चलाउनु हुने काम बिहिन र उपत्यका बाहिरका केही दाजुभाइ , दिदिबहिनीहरु लाई केही सहयोग…

Gepostet von Karishmaa Manandhar am Samstag, 18. April 2020