आमाका लागि केकीको हस्तलिखित पत्र

नायिका केकी अधिकारीले मातातिर्थ औंसीको अवसरमा आमाका लागि हस्तलिखित पत्र तयार गरेकी छन् । उनले आफैले लेखेको पत्रमा आमा प्रति कृतज्ञता जनाइएको छ। साथै अर्को जुनी पनि आमाकै कोखको अपेक्षा गरिएको छ ।

लकडाउन बीचको आमाको मुख हेर्ने दिन खासै उत्साहजनक छैन । तर पनि घर मै बसेर राम्रो समय व्यतित गरिरहेकी केकीको यो आमा प्रतिको माया दर्साउने तरिका फरक छ।  कम्प्युटरको प्रयोगले कम हुदै गएको हस्तलेखनको प्रचलनमा उनले पुराना दिनमा झैँ हातेले लेखेर पत्र तयार गरेकी छन् । पुरानो तरिका हराउदै छ । सामान्य अवस्था थियो भने यो समय उनले आमालाई एक कलको भरमा धन्यवाद दिन्थीन् होला, व्यस्ततालाई बहाना बनाउदै । तर संकटको घडीमा समेत यसलाई सकारात्मक नै मान्नु पर्छ । जसको कारण उनकी आमाको आखामा पकै खुसिको आसु भरिदिएको ।
हेरौं उनको हस्तलिखित पत्र :
आदरणीय आमा,
आमाको महिमा कसले पो शब्दमा लेखना सक्ला, त्यसैले मैले पनि त्यो आँट गरिन भो ! मेरो, बाबाको, अनि भाइको जीवन सरल अनि सहज बनाइदिनुभएकोमा हामी कृतग्य छौं, आमा । २३बर्षमा विवाह भएपछिको आफ्नो जिन्दगीको पुरा समर्पण हाम्रो परिवारलाई गरिदिनुलाई कति सजिलै लिन्छौ, हामी । म आमा हुँ, अनि आमाको कुनै सपना हुदैन भन्ने पंग्तीले मलाइ सारै घोच्छ । आमाको सपना अनि संसार हामी नै भयौ ताकी हामीले हाम्रो सपना अनि सुन्दर संसार बनाउन सकूँ । हजुरलाई सधै सुखी राख्न सकु आमा, त्यो आँखामा आँसु देख्न नपरुन् । हरेक जन्म हजुरकै कोखबाट होस् । अनि त्यो कोखको साख राख्न सकौ।
हजुरकी केकु !!!