‘चौरासी व्यन्जन बनाउँछु’ रीमा विश्वकर्मा

केही समय अघि रीमा विश्वकर्मा ट्रोलको शिकार भइन् । ‘कालो चिया बनाउन सिकें’ भनेको कारण उनलाई फ्यानहरुले ‘नाटक’ भन्दै प्रतिक्रिया दिए । उनले अब भने शाकाहारी तरकारी बनाउन सिकेको बताएकी छिन् । साथै उनले जेरी समेत बनाउन थालेको बताएकी छिन् । उनले काउन्टर गरेर भनेकी छन्,”लकडाउन सकिदा सम्म चौरासी व्यंजन बनाउन सिकीसक्छु” ।

आफ्नै युट्युव च्यानल मार्फत दर्शकको प्रश्नको जवाफ दिदै अन्तरक्रिया गर्न आएकी उनले आफ्ना प्रिय साथीको विषयमा समेत बोलेकी छन् । उनको साथ कहिल्यै नछोड्ने केकी अधिकारी रहेको र ‘लेडी लभ’ समेत उनी नै रहेको बताईन् । उनले ब्यायामको बारेमा बोल्दै नाचेर ब्यायाम गर्ने बताईन् । साथै उनले घर पुछेर समेत शरीर फिट राख्न सक्ने बताईन् ।