फूलहरुसँग रमाउँदै करिश्मा मानन्धर (फोटो फिचर)

अभिनेत्री करिश्मा मानन्धर लकडाउनको बेला गोदावरी स्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । केहि दिन अघि उनले दैनिक गुजारा गर्न गार्हो भएकाहरुलाई उनले राहत पनि वितरण गरेकी थिईन् । उनि बेला बेला आफ्ना क्रियाकलापहरु सामाजिक संजालमा पोष्ट पनि गरिरहेकी हुन्छिन् । हालै उनले आफ्नो फेसबुकमा घर वरीपरि रहेको फूलसँग रमाउँदै गरेको फोटोहरु पोष्ट गरेकी छिन् ।