स्वस्तिमा र केकी अमेरिकन फिल्म खेल्ने पक्का, दिदि-बहिनिको भूमिका निभाउँदै

अमेरिकन एक फिल्ममा नेपाली अभिनेत्रीहरु स्वस्तिमा खड्का र केकी अधिकारीले अभिनय गर्ने निश्चित भएको छ । उनीहरु फिल्मकोलागि अनुबन्धित भइसकेको बताइएको छ तर निर्माण पक्ष तथा फिल्मको टाइटल बारे भने खुलाइएको छैन ।

अभिनेत्री केकी अधिकारीले मेरोफिल्म  संग कुरा गर्दै आफुहरुको सम्झौता भइसकेको तर सम्झौतामा बाँधिएको कारणले फिल्मबारे अन्य कुराहरु खोल्न नमिल्ने बताइन् । फिल्ममा स्वस्तिमा र केकी दिदि-बहिनिको भूमिकामा देखिनेछन् ।

स्रोतका अनुसार अघिल्लो वर्षको माघमा उनीहरुलाई अडिसनको लागि इमेल आएको थियो । त्यसको दुई महिनापछि अमेरिकाबाट फिल्मको टिम आएर अडिसन लिएका थिए । अडिसनको करिब डेढ महिना पछि उनीहरुलाई फिल्मको स्क्रिप्ट उपलब्ध गराइएको थियो र काम गर्न राजि भएपछि हालै मात्र लिखित सम्झौता गरिएको हो । कोरोना महामारी पश्चात स्थिति सामान्य भएपछि अमेरिकामा फिल्मको छायांकन शुरु हुनेछ ।