मैथिली भाषामा ‘राज्जा रानी’ फिल्म युट्युवमा

नेपाली फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा सार्वजनिक भएको छ केकी अधिकारी र नाजिर हुसेन अभिनित फिल्म युट्युव मार्फत सार्वजनिक गरिएको हो । आर्यन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । पश्चिम तराइको जनजाती प्रेमकथामा फिल्म निर्माण भएको छ ।

फिल्म रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।