शुन्य सहनशीलता अर्थात ‘जिरो टोलरेन्स’

शुन्य सहनशीलता अर्थात ‘जिरो टोलरेन्स’ पछिल्लो समय महिला कलाकारबीच चर्चामा रहेको विषय हो । अभिनेत्री निशा अधिकारी एडमिन रहेर सामाजिक संजाल फेसबुकमा एक गोप्य समूह ‘जिरो टोलरेन्स’ सिर्जना गरेपछि यस बिषयमा चर्चा शुरु भएको हो । केहि अघि एक वेवसाइट रेड्डिट मा तस्विर दुरुपयोग भएको कारण एक युवतीले आत्महत्या गरेको खबर सार्वजनिक भयो । यस किसिमको घटना आफु नजिक समेत घटिरहेको स्थिति तर्फ ध्यान दिदै निशाले उक्त अभियानको सुरुवात गर्दै फेसबुकमा समूह सिर्जना गरेकी हुन् ।
यतिबेला लकडाउन चलिरहेको छ र मानिसहरु अन्य समयको तुलनामा आफ्नो धेरै समय सामाजिक संजालमा बिताईरहेका छन् । यहि फुर्सदको समयमा सकारात्मक काम लागि अगाडी बढाउने पहल शुरु भयो । साइबर बुलिंग, अनलाइन ह्यर्यासमेन्ट र समग्रमा बिधुतीय संचारमाध्यमबाट प्रकाशित तथा प्रशारित अश्लिल सामाग्री र मिथ्या कमेन्टको विरुद्ध आवाज उठाउने काम ‘जिरो टोलरेन्स’ समूहले गर्न थालेको छ । यो समूहमा कलाकार, कानुनविद, संचारकर्मी, खेलाडी लगायत धेरै क्षेत्रका महिलाहरुको सहभागिता रहेको छ । समूह अन्तर्गत रहेर जनचेतना फैलाउने प्रयास गर्न थालेको निशा अधिकारीको कथन छ । हाल सम्म खुलेर यस अभियानमा आबद्ध कलाकारमा निशा अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी लगायत रहेका छन् । विधुतीय संचार माध्यम मार्फत भैरहेको गलत प्रचार बिरुद्धको अभियानको रुपमा उनीहरुले यस अभियानलाई चिनाउने प्रयास गरेका छन् । यो अभियानले वास्तव मै कार्यन्वयन गर्न सकिने हो भने सामाजिक संजालमा घट्ने अधिकांश दुर्घटनाबाट बच्न सकिन्छ । त्यति मात्रै नभएर धेरै कलाकारले मानसिक तनावबाट समेत मुक्ति पाउने सम्भावना रहन्छ । सरल भाषा प्रयोग गर्दा, संचार माध्यममा समेत खुलेआम स्वतन्त्र जीवनयापनको अभ्यास शुरु हुन्छ ।