नवराज विक प्रकरणमा राजेश हमालको विचार सार्वजनिक

नवराज विश्वकर्मा र उनका साथीहरुको हत्याको विषयमा अभिनेता राजेश हमालले आफ्नो बिचार ब्यक्त गरेका छन् । शनिबार  सामाजिक संजाल फेसबुकमा लाइभमा आउँदै उनले दलित भएकै कारण भएको हत्याको विरोध गर्दै सरकारसँग कडाभन्दा कडा सजायको माग गरेका छन् ।

‘नवराज विश्वकर्मा र उनका साथीहरुसँग भएको अपराधिक घटनाले खाली दुःखीमात्रै बनाएको छैन, स्तब्ध र आक्रोशित पनि बनाएको छ,’ लाइभमा उनले भने, ‘कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई उसको जातको आधारमा, उसको पृष्ठभूमीका आधारमा, उसको पेशाका आधारमा अपमान गर्ने, गाली गलौज गर्ने, अपराधिक गतिविधिमा उत्रने या उसको मानवतामा ठेस पुर्याउने अधिकार छैन । यदी कसैले त्यसो गर्छ भने त्यो व्यक्ति अपराधी हो र त्यसले देशको कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ । ’

जाजरकोट घट्ना….. My heart goes out to George Floyd as well, a victim of Racism in USA.

Gepostet von Rajesh Hamal am Samstag, 30. Mai 2020