अनुपबिक्रम शाहीले ४ सयबढी व्यक्तिलाई खाना खुवाए

कलाकार अनुपबिक्रम शाहीले मंगलबार राजधानीका विभिन्न क्षेत्रमा पुगेर खाना वितरण गरेका छन् । चक्रपथ, बसुन्धारा, कमलादी, टुंडिखेल खुल्लामञ्च लगायत ठाउँमा पुगेर अनुपले ४ सय बढिलाई खाना खुवाएका हुन् ।

विहान बेलुका हातमुख जोड्न समेत अफ्ठ्यारोमा परेका श्रमिक, सडक वालवालिका, रिक्सा चालक, ठेला चालक, अशक्तहरुसँगै परिवार विहिन बनेर बेसहारापुर्ण जीवन बिताइरहेका धापासी स्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल संस्थामा रहेका बालबालिकाहरुलाई अनुपले खाना खूवाए । समुदायमा यसअघि पनि अनुपले विभिन्न खाद्धन्न वितरण गरेका थिए । अनुपले प्रहरी प्रशासनसँग जोडिएका व्याक्तिहरुलाई पनि सहयोग गरेका छन् ।

उनले सामाजिक अभियन्ता रमेश केसीको अभियानमा जोडिँदै अनुपले मंगलबार यो सहयोग गरेका हुन् । ‘सरकारी स्तरबाट ठोस सहयोग नपुगे पनि युवाहरु जुटेरै भएपनि समाजमा रहेका भोका नाङ्गाहरुलाई उद्धार गर्नुपर्छ, अनुपले प्रश्न गर्दै भने, ‘सरकारलाई भन्सार र करको पछि लाग्दै फुर्सद छैन, हामीले नगरे कसले गर्ने ?’