‘पेटिकोट समातेर बिद्रोह हुदैन’ रेखा थापा

पछिल्लो साताबाट नवराज विक प्रकरण चर्चाको शिखरमा रहेको छ । उक्त घटनामा ६जना व्यक्तिले ज्यान गुमाएका छन् । युवती भगाउनका लागि पुगेका यिनीहरुको हत्या भएको हो । यो विषय बढ्दै गर्दा नायिका रेखा थापाले भने केही फरक बिचार ब्यक्त गरेकी छन् । रेखाले सम्पूर्णको आँखाको तारा बन्न पुगेकी उक्त घटनाकी प्रेमीका माथि बचाउमा आवाज उठाएकी छन् । उनले दोषीलाई कारवाहीको माग गर्दै उनले उक्त किसोरी माथि चरित्र हत्या नगर्न आग्रह गरेकी छन् ।

सानो उमेरमा नै समाजको बिरुद्ध आवाज उठाउने यी युवतीलाई सम्मान गर्नु पर्नेमा नारी अस्मिताको धज्जिया उडाएको उनको आरोप छ । उनले एक युवतीको पेटिकोट समातेर बिद्रोह नहुने हुनले बताएकी छन् ।

फिल्म मार्फत महिलाको आवाज उठाउने उनले रियल लाइफमा समेत आवाज उठाएकी छन् । बालविवाह बिरुद्ध अभियान चलाईरहेकी रेखाको लागि यो आवाज उठाउनु जरुरी समेत थियो । रेखाले पर्दाको मात्रै नभएर रियल लाइफको समेत हिरो बनेर देखाएकी छन् ।

सामाजिक संजाललाई नियाल्दै गर्दा उक्त युवतीलाई तल्लो तहमा पुगेर टिप्पणी गरिएको छ । त्यति मात्रै नभएर उनको मृत्युको कामना गरिनेको समेत ठुलो समूह रहेको छ ।

हेरौ उनको पोष्ट :
रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।