मनिषा कोइराला १४ दिन काठमाडौँको होटलमा बस्ने

बलिउड अभिनेत्री मनीषा कोइराला काठमाडौं आइपुगेकी छिन् । रूपन्देहीको बेलही नाका हुँदै उनी मंगलबार बिहान नेपाल प्रवेश गरे संगै नेपाली सेनाको स्कटिंगमा सोही दिन साँझ काठमाडौँ आएकी हुन् । आफ्नै गाडीमा उनी आमा बाबुसंगै मुम्बईबाट नेपाल आएकी हुन् । उनी र उनका बाबु आमा काठमाडौंको एक होटेलमा १४ दिन क्वारेन्टाइनमा बस्ने जनाइएको छ । क्वारेन्टाइन पश्चात मात्र उनीहरु घर जाने छन् ।

केहि दिन अघि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको समर्थनमा उनले गरेको ट्विटका कारण भारतीय सञ्चारमाध्यमले उनको चर्को विरोध गरेका थिए । नेपाल प्रवेश संगै उनी राजनीतीमा प्रवेश गर्ने गाइगुइ चल्न थालेको छ ।