रोगले भन्दा भोकले मरिएला कि कसो साथी (भिडियो)

सांगीतिक ब्याण्ड डिमर्चाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्वनै यतिबेला कोरोनासंग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षकको भिडियो सार्वजनिक भएको हो ।

कोरोनाको कारण भएको लकडाउन र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीत मार्फत चित्रण गर्न खोजिएको ब्याण्डका गायक भाष्करध्वज श्रेष्ठ बताउछन् । गीतमा सन्जय बरालको शब्द रहेको छ भने संगीत डिमर्चाकै रहेको छ । म्युजिक भिडियोको छायाँङ्कन सन्जय शाक्यले गरेका हुन् भने सम्पादन सविन गायकले गरेका छन् । भिडियोको निर्देशन सञ्चारकर्मी सन्जय मल्लले गरेका हुन् । गीतले अहिलेको वास्तविक भोगाइको अनुभूति दिलाउने निर्माण समुहले जनाएको छ ।

पोखरा लेकसाइडको द ट्रेजरको प्रस्तुतीमा बनेको भिडियोमा उत्तम पौडेल, आयुष श्रेष्ठ, शिबचन्द्र परियार, बालकलाकारहरु निया श्रेष्ठ, स्वीकार मल्ल, आर्य भुजेलको अभिनय रहेको छ ।