घरमै स्टुडियो बनाउदै शोभित बस्नेत

निर्देशक तथा कलाकार शोभित बस्नेतले आफ्नै घरमा फिल्म सुटिङ स्टुडियो बनाइरहेका छन् । थानकोट स्थित घरमा उनले बिगत ४ महिना यता स्टुडियो बनाउन शुरु गरेका थिए । अब दुई महिनामा पूर्ण रुपमा स्टुडियो तयार हुनेछ ।

मध्यमबर्गीय परिवारको घर देखाउनका लागि उनले दुई तला थपेर स्टुडियो बनाएका हुन् । सरकारले यस बर्षको बजेटमा सातै प्रदेशमा छायांकन स्थल बनाउने बजेट छुट्याएको छ । आफ्नै लगानीमा बस्नेतले गरेको कार्य प्रसंसायोग्य छ ।