अनमोल-सुहानाको प्रेम कि भ्रम ?

नायक अनमोल केसी माथि सुहाना थापाले के जादु गरिन् खै । सधै नयाँनयाँ नायिकासंग काम गर्ने अनमोलले दोहोर्याएर सुहानाको साथ काम गरेका छन् ।

यी दुई अभिनित पहिलो फिल्म सफल भयो । दोश्रो फिल्म समेत छायांकनको अन्तिम चरणमा पुगेको छ ।

यहीबीच निर्जला एकादसीको दिन यी दुई फेरी एक साथ देखिएका छन् । गानाबजानाको साथसाथै उनीहरु पूजा समेत संगै गर्दै देखिन्छन् ।उनीहरुले तुलसीको बिउ रोप्न एक साथ खन्दै गरेको समेत भिडियो सार्वजनिक भएको छ ।

अगिल्लो फिल्म प्रदर्शनको समयमा समेत यी दुईको प्रेमको चर्चा चलेकै हो । तर फिल्मका लागि चर्चाको खाचो सकिना साथ प्रेमको चर्चा समेत हरायो।

लकडाउनका कारण कलाकारको काम खासै देखिदैन । काम नभए पछि चर्चा पनि कम नै छ । यही बीच अनमोलले भिडियो उक्त सार्वजनिक गरेका छन् ।

खास, अनमोल सुहानाको यो प्रेम हो की दर्शकमा परेको भ्रम ? समयले बताउला।