‘आइकनफेस’ एप सञ्चालनमा

- मेराेफिल्म

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप सञ्चालनमा ल्याएका हुन् ।

युवाहरुको संस्था असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो । सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा छ । ‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन् । आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन्,’विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरु लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए । उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए । प्रयोगकर्ताले प्लेस्टोरमा जततउकस्ररउबिथ।नययनभि।अयmरकतयचभरबउउकरमभतबष्किरुष्म.अयm।बगकलभउ।ष्प्यलाभकक बाट र आइफोनमा जततउकस्ररबउउक।बउउभि।अयmरबगरबउउरष्पयलाभककरष्मज्ञछज्ञज्ञछज्ञढठज्ञण्  बाट यो एप्स प्रयोग गर्न सक्छन् । सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।

२०७७ जेठ २३ गते १७:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *