सरकारलाई राजस्व बढाउने उपाय सुझाउदै गायक अमृत गुरुङ

चर्चित गायक अमृत गुरुङ लक्डाउनको समय गाउघरमा व्यतित गर्दै छन् । अधिकांश नेपाली श्रोता दर्शकको मनमा बस्न सफल उनको जीवन शैली फरक छ ।  उनी देश विदेश र सहरमा आफ्नो कन्सर्टको लागि जाने त गर्छन् ।  तर गाउ घर पाखा पखेरा प्रतिको उनको मोह समेत लोभलाग्दो छ ।  हाल उनी गाउँमा नै रहेर काम गर्दै समय व्यतित गर्दै छन् ।

यही विच सरकारले कर तिर्ने अन्तिम मिति तोकिसकेको अवस्थामा उनले सामाजिक संजाल मार्फत एक पोष्ट सार्वजनिक गरेका छन् ।  हातमा काफल र ऐशेलु बोकेको तस्विर राख्दै उनी लेख्छन्:


सरकारलाई करबाट राजस्व – आय बढाउने आइडिया…फ्रि मा…
प्रिय सरकार, हामी गामलेले सित्तैमा टिपी खाने ऐंसेलु, चुत्रो, काफल, खोले साग सबैमा कर लगाउ। करले धान्ने अर्थतन्त्रमा त्यती जावो कर हामी पनि तिरमला। दुर्गम विपन्न कर्णालीवासीसँग जडिबुटीमा कर लिएकै छौ। हामी ‘सुगम’ गाऊँलाई किन छुट ?