सन्तोष कोन्मेको ‘बिन्ती’ (भिडियो)

सन्तोष कोन्मेलाई बहुप्रतिभाशाली कलाकार भन्दा फरक पर्दैन । गायकको रुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका उनी पोखराका पुराना संगीतकर्मी हुन् । संगीतकारको रुपमा समेत उनी स्थापित छन् । उनी कुशल छायांकन तथा म्युजिक भिडियो निर्देशक त हुन् नै, भिजुअल एडिटर समेत हुन् । कान्मेले म्युजिक भिडियोमात्र होइन, गुरुङ तथा नेपाली भाषाका थुप्रै फिल्मको छायांकन तथा सम्पादन गरिसकेका छन् ।

उनले सञ्चालन गरेको कोन्मे इन्टरटेन्मेनट पोखरामा लामो समयदेखि सक्रिय छ । उनले एउटा गीत नै तयार पारेका छन् ‘बिन्ती‘’ शीर्षकमा । कोन्मेकै शब्द, संगीत तथा स्वर रहेको गीतलाई अमित गुरुङले एरेन्ज गरेका हुन् । सम्पादन सिजन बज्राचार्यले र पोष्टर डिजाइन सविन गायकले गरेका छन् ।