डिमार्चको ‘नेता ज्यु नमस्कार’ सार्वजनिक

पोखराको स्थापित ब्याण्ड डिमर्चाको समयसापेक्षित गीत ‘नेता ज्यु नमस्कार’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो हेर्दा सरकारको कामको आलोचना गरिएको भान हुन्छ । सरकारको नेतृत्वदायी भूमिकामा बसेका नेतालाई डिमर्चाको उक्त गीतले व्यङ्ग्य प्रहार गरिएको छ ।

गीतले हरेक नेपालीको पीडालाई बोलेको छ । ‘युवा विचार अनि नयाँ सोच अबको खाँचो रहेको बताउँदै डिमर्चा ब्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जुन सरकार आएपनि कानै चिरेको जस्तो भएको उल्लेख गरे । अब पालो युवालाई दिनुपर्छ, युवाबिना देशविकास असम्भव रहेको सन्देश गीतले प्रवाह गर्न खोजेको उनले बताए ।

प्रतिक अधिकारीको रचना रहेको गीतलाई डिमर्चाले भोकल, सँगीत र डिजाइन गरेको छ । द मुग्लानको प्रस्तुतीमा रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् । डिमर्चा टिममा भाष्करध्वज श्रेष्ठ सँगै वेस्ट गीतरमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् । विश्वास गुरुङ, धुर्व सिके, बुद्धि थापा, जोनी तामाङ र अनिल गुरुङले समेत यो ब्याण्डमा रहेर काम गरे ।