रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र (भिडियो)

लोकप्रिय गायक, संगीतकार तथा बहुप्रतिभाका धनी रामचन्द्र काफ्लेको “रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र” बोलको राष्ट्र भावनाले ओतप्रोत गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वयम गायक राम्चन्द्र काफ्लेकै संगीत रहेको छ । गीतमा जुनु रिजालको पनि स्वर रहेको छ भने गीतमा सुरेन्द्र केसीको राष्ट्रिय भावले भरिएको शब्द रहेको छ । भिडियोमा नेपालका लोकप्रिय कलाकारहरु हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई,आकाश श्रेष्ठको अभिनय रहेको छ । त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती, लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा दिपेन्द्र केसीको निर्देशन रहेको छ ।