फूलबुट्टे चोली (भिडियो)

गायिका बेनिशा पौडेल र गायक जीवेश सिंह गुरुङको आवाजमा ‘फुलबुट्टे चोली’ गीत सार्वजनिक गरिएको छ । भीम ढकालको शब्द रहेको यो गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा साहिल प्रजापति, कुशल विष्ट, सुनिसा बजगाँई र जीवेशको अभिनय छ । साहिन प्रजापतिको निर्देशनमा तयार भएको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ ।