सविन राईको गीतमा ‘टिकटक’ बनाउदै हिमानी शाह


राजसंस्थाको अन्त्य भए पनि हिमानी शाह नेपाली माझ लोकप्रिय छिन् । उनका हरेक कृयाकलापलाई धेरै नजिकबाट हेर्ने र रुचाउने गर्छन् । यही क्रममा उनी हाल टिकटकमा नृत्य गर्दै गरेको देखिएको छ । आफ्ना छोरीहरुसंग कम्मर मर्काउदै देखिने उनी भिडियोमा धेरै नै खुसी देखिन्छिन । जेठी छोरी पूर्णिकाको अकाउन्टमा उनी सविन राईको गीत ‘गुराँसको फेद मुनी’ मा नाच्दै छिन् भने कृतिकाको भिडियोमा उनी यो मन त मेरो नेपाली हो गीतमा नाचेकी छन् । सामाजिक काममा सक्रिय उनी एक प्यारी आमा समेत रहेको भिडीयो हेरेर अनुमान लगाउन सकिन्छ । यस्तै भाव झल्किने क्याप्सन पूर्णिकाले भिडियो सेयर गर्दै लेखेकी छन् ।
टिकटक लिंक :
https://www.tiktok.com/@purnikarlds/video/6835675558144232706?_d=d2bm5da9igchk7&language=en&sec_uid=MS4wLjABAAAAx0uQdfpI6FofUBEs4AxxKpvzhvgZD3iyTKXDajQlDInCBnIvLAnbRRhgUkJAxwcP&u_code=dci1l389ld7j73&timestamp=1591633753&utm_source=copy&utm_campaign=client_share&utm_medium=android&share_app_name=musically&share_iid=6774629605062100738&source=h5_m