के भयो लौन भेरीमा (भिडियो)

समाजको परिस्थिति संगमिल्दो जुल्दो गीत निकाल्ने प्रचलन बढ्दै गएको छ । कोरोना भाइरस सम्बन्धि गीतको क्रम लामो समय चल्यो । अब भने तत्कालिन रुकुम जाजरकोट घटनासँग सम्बन्धित गीत सार्वजनिक हुन थालेका छन् । यहि बीच निर्देशक सुदीप बबी भूपाल सिंहले ‘के भयो लौन भेरीमा’ बोलको गीत तयार गरेका छन् । भूपालको लेखन, कम्पोज र निर्देशन रहेको गीतमा सुमिरन राणाको स्वर छ । स्वर्णिम महर्जनको फ्लुट रहेको गीतमा कोभिड बज्रको सारंगी छ । गीतको एरेञ्ज, मिक्सड् र मास्टटर्ड राजन ईशानले गरेका हुन् ।