सागर बाबु भट्टको डेब्यु निर्देशनमा ‘छोटो छ जिन्दगी’ सार्वजनिक

सागर बाबु भट्टको डेब्यु निर्देशनमा गीत ‘छोटो छ जिन्दगी’ सार्वजनिक भएको छ । गीतको भिडियो फिल्मी शैलीमा छायांकन गरिएको छ ।गीतमा भूपू पाण्डे र मेलिना मैनालीको स्वर, नारायण नेपालको शव्द रहेको छ । संगीत तथा संगीत संयोजन भने पाण्डेले नै गरेका छन् । भिडियोमा योगेश दाहालको छायांकन, मनोज कार्कीको सम्पादन, उर्मिला लामाको शृंगार रहेको छ । गायक पाण्डेको साथ उषा उप्रेती फिचर्ड भिडियो कन्सेप्ट र निर्माण समेत पाण्डेले नै गरेका हुन् ।