उत्सव कान्त मैनालीको ‘एउटा सपना’ सार्वजनिक

गीत एउटा सपना सार्वजनिक भएको छ । गीतमा उत्सव कान्त मैनालीको स्वर र रमेश सुबेदीको शब्द रहेको छ । रोशन राज गुरुङले संगीत गरेको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ । भिडियोमा गायक मैनालीको साथमा रजनी केसी र अशिम पौडेल रहेका छन् । भिडियो निर्देशन कमल र निर्मल शर्माले गरेका छन् भने सम्पादन गौतम राज खड्काको र छायांकन राजु केसीको रहेको छ।