फूलै फूलको डोलीमा (भिडियो)

गायिका शार्दा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत ‘फुलै फुलको डोलीमा’ सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगित पनि उनैले दिएकी छन् । भिडियोमा सरोज दाहाल, रेनु सेन्चुरी र योन्जी लामाको अभिनय रहेको छ । म्युजिक पार्क स्टुडियोमा तयार भएको गीतको स्कृप्ट भने आईता जिमीले तयार गरेकी हुन् । राजेश श्रेष्ठले एरेन्ज गरेको भिडियोलाई विनोद याक्चाले खिचेका हुन् । गीतको निर्देशन विरेन तितुङले गरेका हुन् ।